दफा ६
चरी रकम लिई वस्तु भाउ चराउन दिइने
(१) गाउँपालिकाले आफ्नोअधिनस्थ खर्क जग्गामा चौरीगाई, गाई, भैंसी, घोडा, खच्चर आदि ठूलो जनावर प्रत्येकको बढीमा तीन रूपैयाँसम्म र बाख्रा, खसी, बोका, भेडा, च्याँग्रा आदि सानो जनावर प्रत्येकको बढीमा एक रूपैयाँसम्म वार्षिक चरी रकम लिई अघिदेखि सो खर्कमा चराइ आएको समेत सबैको बस्तुभाउ चराउन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम असूल भएको चरी रकम गाउँ सभा कोषमा जम्मा गरिनेछ ।